ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११, सोब्रुमा एक पुरुष मृत फेला परेका छन् । सुनकोशी गाउँपालिका–१ बलखु घर भई हाल पदम राईको घरमा कोठा भाडामा बस्दै आएका करिब ३० वर्षीय ईश्वर राई मृत फेला परेका हुन् ।
हिँजो शनिबार साँझ करिब ५ बजे कोठाबाट ‘पसल जान्छु’ भनेर निस्किएका राई आज बिहान करिब ८ः२० बजे सोब्रु जाने भित्री कच्ची सडक खण्डमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले भिजनलाई जानकारी दिए ।
स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थलतर्फ खटिएको छ ।
घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया