बसको ठक्करबाट ओखलढुंगामा मोटरसाइकल चालकको मृत्यु

भिजन समाचार
2
Shares

ओखलढुंगामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ४ ः ३० बजेको समयमा काठमाण्डौबाट ओखलढुंगातर्फ आउदै गरेको बा ५ ख ८२२९ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको प्र.१–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मानेभन्ज्याङ गाउँपालिका–४ केतुकेमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सिद्धिचरण नगरपालिका ११ रमाइडाँडाका २१ बर्षिय विनोद कटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार सिद्धिचरण–१० का २१ बर्षिय कुमार बिश्वकर्मा पनि घाइते भएका थिए । दुवै जनाको उद्धार गरि ओखलढुंगा सामुदायिक अस्पतालमा लगिएकोमा कटवाललाई अस्पतालले मृत घोषणा गरेको हो ।

बस र बस चालक सिद्विचरण न.पा.–१० का २९ बर्षिय रमेश धमलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अर्का घाइते विकको उपचार भइरहेको छ ।