तेक्वान्दो संघ ओखलढुंगाको अध्यक्षमा दाहाल र सचिवमा श्रेष्ठ चयन

भिजन समाचार
382
Shares

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति ओखलढुंगाको अध्यक्षमा देवराज दाहाल सर्वसम्मत चयन भएका छन् । सचिवमा अशेष श्रेष्ठ छनौट भएका छन् । शुक्रबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट आठ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा प्रदिप राई र कोषाध्यक्षमा कमला राई रहेका छन् । यस्तै सदस्यमा विश्वराज वायुङ राई, भरत सुनुवार, जिवन कटवाल र सेमा राई चयन भएका छन् ।

अध्यक्ष दाहालले जिल्लाभर छरिएका डोजाङलाई एकिकृत गर्दै सक्रिय बनाउन र खेलाडीको हकहितमा संघले अग्रसर भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

अधिवेशन नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति ओखलढुंगाका पुर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय रेफ्रि विश्वराज राईको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।