खोलाले बगाउँदा १४ वर्षीया बालिकाको मृत्यु

भिजन समाचार
104
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–६ की १४ वर्षीया बालिकाको एलुङ खोलाले बगाउँदा मृत्यु भएको छ ।

बुधबार दिउँसो मोलुङ–६ र खिजीदेम्बा गाउँपालिका–६ को सिमानामा पर्ने एलुङ खोलाले बगाउँदा मोलुङ–६ नयाँवनकी १४ वर्षीया निमडोमा शेर्पाको ज्यान गएको हो ।

निगुरो टिप्न गएकी शेर्पा दिउँसो करिब तीन बजे खोलो तर्ने क्रममा बगाएर बेपत्ता भएकी थिइन् । प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्दा उनको शव एलुङ खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।