महिला सुरक्षा जालो मार्फत पर्यटकीय स्थलमा सरसफाइ

भिजन समाचार
70
Shares

चाडपर्वलाई लक्षित गर्दै महिला सुरक्षा जालो समूहको अगुवाइमा सदरमुकामका विभिन्न सार्वजनिक स्थलमा सरसफाइ गरिएको छ । आज सिद्धिचरण नगरपालिका–१२ को श्रष्टा पार्क, सिद्धिचरण पार्क र जिल्ला समन्वय समिति क्षेत्रमा सरसफाइ गरिएको हो ।

दशैं लगायतका चाडपर्वमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने भएकाले सार्वजनिक स्थलहरूमा देखिएको प्लास्टिकजन्य र अन्य फोहोर हटाइ पर्यटकीयलाई स्वच्छ र आकर्षक बनाउन सरसफाइ गरिएको समूहकी संयोजक अम्बिका श्रेष्ठले जानकारी दिइन् । टोलीले पार्कमा रहेका प्लास्टिक, कागज, सिसाजस्ता फोहोर संकलन गरी व्यवस्थापन गरेको थियो ।

यसअघि पनि निरन्तर सरसफाइ अभियान सञ्चालन गर्दै आएको समूहले यसपटकको गतिविधि वातावरणीय सन्देशसँगै नागरिकलाई सरसफाइमा सचेत गराउने उद्देश्यले गरिएको संयोजक श्रेष्ठले बताईन् ।