जनजीवन मावि भलिबल प्रतियोगिताको उपाधि विजेता

भिजन समाचार
168
Shares

लिखु गाउँपालिका–९ वाच्पु, पोकलीमा सम्पन्न खुला अन्तर माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक जनजीवन माविले जितेको छ ।

विजय दशमीको अवसरमा आयोजित प्रतियोगितामा फाइनलमा जनजीवन माविले लिखु–८ टारकेराबारीको जाल्पा माविलाई ३–० सेटमा पराजित गरेको हो । प्रतियोगितामा जाल्पा मावि द्वितीय, रामेछापको कालिका मावि देउराली तृतीय र खिजीदेम्बाको हिमगंगा मावि सान्त्वना भएको विद्यालयले जनाएको छ ।

११ विद्यालय सहभागी प्रतियोगितामा विजेतालाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीको खेलकुद प्रतिभा विकासका लागि आगामी वर्ष पनि प्रतियोगिता निरन्तरता दिइने आयोजकले जनाएको छ ।