उमा कटवाल क्याम्पसको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

भिजन समाचार
74
Shares

सिद्धिचरण नगरपालिका–२ स्थित उमा कटवाल क्याम्पसले पाँचौँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रम सहित सम्पन्न गरेको छ । सभामा वार्षिक प्रतिवेदन, आय–व्यय विवरण र आगामी वर्षका योजना प्रस्तुत हुनुका साथै शैक्षिक तथा भौतिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा प्रवद्र्धन र समुदाय सँगको सहकार्यबारे विस्तृत छलफल गरिएको थियो ।

यस अवसरमा क्याम्पसको विकासमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान प्रमाणपत्र प्रदान गरिएको थियो भने स्नातक तह उत्तीर्ण गरेका १२१ विद्यार्थीलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरिएको निमित्त क्याम्पस प्रमुख हिमालकाजी कटवालले जानकारी दिए ।

सभाले नयाँ १५ सदस्यीय सञ्चालक समिति चयन गर्दै आगामी वर्ष शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त कक्षा सञ्चालन र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ । सो क्रममा सञ्चालक समिति अध्यक्षमा पदमकुमार तामाङ निर्वाचित भएका छन् ।

निवर्तमान क्याम्पस सञ्चालक समिति अध्यक्ष शंकर बहादुर कटवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक एवम् पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवालका छोरा शुभाङ्ग कटवाल, सिद्धिचरण नगरपालिकाका उप–मेयर केदार बाबु बस्नेत, मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली लगायत अतिथीहरुको उपस्थिति रहेको थियो ।