ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ स्थित प्रबुद्ध माध्यमिक विद्यालयमा शिक्षा दिवसको अवसर पारेर भव्य विज्ञान प्रदर्शनी सम्पन्न गरिएको छ ।
शिक्षक कमल जोशी न्यौपानेको नेतृत्वमा कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूले २० वटा स्टल मार्फत आफ्ना सिर्जनात्मक सामग्री प्रदर्शन गरेका थिए । प्रत्येक समूहका विद्यार्थी लिडरहरूले आ–आफ्नो प्रदर्शनी सामग्रीको व्याख्या र विश्लेषण प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक उमेश बुढाथोकीले विद्यार्थीहरूले खोज अनुसन्धान मार्फत सिर्जनात्मकता प्रस्तुत गरेको जानकारी दिँदै प्रदर्शनीले उनीहरूको व्यावहारिक ज्ञान र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान दिने बताए ।
कार्यक्रममा सहभागी अतिथीहरुले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक र व्यावहारिक अध्ययनमा प्रोत्साहन गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया