जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई सरकारले शहीद घोषणा गरेको छ । मृतकका परिवारलाई प्रत्येकलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ ।
आजै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयमार्फत सो व्यवस्था गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।
उनका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको ज्यान गएको छ । त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
सरकारले मृतकलाई शहीदका रुपमा मान्यता दिँदै राहत वितरण प्रक्रियालाई शीघ्र अघि बढाउने तयारी गरेको जनाएको छ । यस्तै घाईतेहरुको उपचारमा पनि विशेष व्यवस्था गरिएकाे बताइएको छ ।

प्रतिक्रिया