ओखलढुंगामा निषेघाज्ञा जारी, यस्ताे छ प्रशासनकाे सूचना

भिजन समाचार
4
Shares

काठमाडौंमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै ओखलढुंगामा सभा–जुलुस, प्रदर्शन, नाराबाजी गर्न प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी मेखवहादुर मंग्रातीले आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेघाज्ञा जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम ओखलढुंगा जिल्लाभर सबै प्रकारका सभा, जुलुस, प्रदर्शन, नाराबाजी र कोणसभामाथि निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ ।

काठमाडौंमा देखिएको परिस्थितिको प्रभाव पर्न सक्ने सम्भावना रहेको तथा जिल्लामा शान्ति–सुरक्षामा खलल पुग्न सक्ने ठहर गर्दै शान्ति सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासनले सबै नागरिकलाई संयमता अपनाउन र प्रशासनको आदेश पालना गर्न आग्रह गरेको छ।