ओखलढुंगामा एक महिनामा १३ वटा लैङ्गिक हिंसाका घटना

भिजन समाचार
18
Shares

ओखलढुंगामा एक महिनामा १३ वटा नयाँ लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा दर्ता भएका यी घटनामध्ये सबैभन्दा धेरै शारीरिक दुर्व्यवहारका घटना सात वटा रहेका छन् ।

जिल्ला अस्पताल रुम्जाटार अन्तर्गतको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) काे तथ्यांक अनुसार मानसिक दुर्व्यवहारका दुई, बलात्कारका दुई र यौनजन्य दुर्व्यवहारका दुई घटना भएका छन् ।

केन्द्रकी फोकल पर्सन निकिता दाहालका अनुसार साउनमा दर्ता भएका घटनामध्ये सबैभन्दा बढी सिद्धिचरण नगरपालिकाकाे सात घटना भएका छन् । यस्तै मानेभञ्ज्याङ गाउँपालिकामा एक, मोलुङमा दुई, खिजीदेम्बामा एक र चिशंखुगढी गाउँपालिकामा दुई घटना दर्ता भएका छन् । अधिकांश घटनामा पीडित महिला छन् ।