संघ संस्था ऐन २०८२ मस्यौदाप्रति ओखलढुंगामा आपत्ति

भिजन समाचार
122
Shares

गैरसरकारी संस्था महासंघ नेपाल ओखलढुंगाले सरकारले तयार पारेको संघ संस्था ऐन २०८२ को मस्यौदाप्रति गम्भीर आपत्ति जनाएको छ ।

महासंघका जिल्ला अध्यक्ष मान बहादुर बस्नेत र सचिव लिला सुनुवारसहितको टोलीले बुधबार प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै मस्यौदामा रहेका प्रावधान सच्याउन माग गरेको हो ।

महासंघका अनुसार सरकारले सर्वसाधारणबाट राय संकलनको नाममा अघि बढाएको प्रक्रिया पारदर्शी छैन । यसले नागरिक स्वतन्त्रता, सहभागिता र पारदर्शितामा ठेस पु¥याउने भएकाले अस्वीकार्य भएको महासंघको ठहर छ ।

नेपाल सरकार गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४ र समाज कल्याण ऐन २०४९ लाई एकीकृत गर्दै संघ संस्था ऐन २०८२ को मस्यौदा सार्वजनिक गरी राय सुझाव माग गरेको थियो । तर प्रक्रिया र मस्यौदामा समावेश प्रावधानबारे महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।