ओखलढुंगामा ७११ संघसंस्था निष्क्रिय

भिजन समाचार
64
Shares
जिल्ला प्रशासन कार्यालय ओखलढुंगा । तस्वीर: भिजन समाचार ।

ओखलढुंगाकाे गाउँ–गाउँमा सक्रिय रहेका विभिन्न संघसंस्था अहिले कागजमै सीमित हुने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार हालसम्म ८३५ संघसंस्था दर्ता भए पनि मात्र १२४ संस्थाले नवीकरण गरेका छन् । बाँकी ७११ संस्था वर्षौँदेखि निष्क्रिय अवस्थामा छन् ।

संस्था खोल्ने बेला सक्रिय देखिने धेरै व्यक्ति दर्तापछि निष्क्रिय हुने प्रवृत्ति बढेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दिप कुमार घिमिरेले बताए ।

गैरनाफामूलक संस्था, आमा समूह, क्लब, प्रतिष्ठान, मन्दिर समिती लगायतका बढी छन् । कर चुक्ता नगर्ने, नियमित गतिविधि सञ्चालन नगर्ने र नवीकरण नगरिने समस्या बढेका छन् ।

प्रशासनले लामो समयदेखि नवीकरण नगरेका संघसंस्थालाई संस्था दर्ता ऐन २०३४ र सम्बन्धित निर्देशिका अनुसार दर्ता वा खारेज गर्ने तयारी गरेको छ । जिल्लामा दर्ता भएका संघसंस्थाको नेतृत्व गर्ने गैरसरकारी संस्था महासंघ समेत निष्क्रिय जस्तै बनेको छ ।