चुच्चेढुंगा आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण

भिजन समाचार
40
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–६ स्थित चुच्चेढुंगा आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई स्टेशनरीका सामग्री प्रदान गरिएको छ । समाजसेवी गणेश बहादुर कटवाल र अशोक कटवालले विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

उनिहरुका बुबा स्वर्गीय कृष्ण बहादुर कटवालको स्मृति विद्यालयमा अक्षयकोष स्थापना गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक जीवन कुमार बुढाथोकीका अनुसार उक्त अक्षयकोषको ब्याज पाँच हजार ३४० रुपैयाँ, अशोक कुमार कटवालको योगदान आठ सय रुपैयाँ र गणेश बहादुर कटवालको योगदान छ हजार २५० रुपैयाँ गरी जम्मा १७ हजार १५० रुपैयाँ बराबरको सामग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो ।  सामग्री विशेष गरी कक्षा १ देखि ३ का विद्यार्थीहरुलाई कापी, पेन्सिल, सार्पनर र इरेजर जस्ता सामग्री वितरण गरेका छन् ।

त्यसैगरी, शिक्षक र अभिभावकलाई डायरी र कलम, विद्यालयलाई कलम, बोर्ड मार्कर, माइन्युट तथा दुईवटा डस्टविन उपलब्ध गराइएको छ ।