ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–८ पधेरीमा पिङ खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ ।
मेखबहादुर राईकी तीन वर्षीया छोरी मेरिका राई पिङ खेल्ने क्रममा डोरीमा अल्झिँदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया