ओखलढुंगामा खोलामा डुबेर वृद्धको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–४ घलेगाउँ नजिकको घट्टेखोलमा डुबेर रोल्पा जिल्लाको छलङ गाउँपालिका–९ का ६२ वर्षिय चुकेन्द्र बुढामगरको ज्यान गएको हो ।
सुनकोशी गाउँपालिका–१० कटुन्जे ससुराली बस्दै आएका बुढामगर आईतबार माछा मार्नभनी घर बाट हिडेको र नफर्केपछि खोजी गर्ने क्रममा घट्टे खोलामा पानीभित्र घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाबारे जानकारी आएलगतै इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले बताए । आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट करिब दश किलोमिटर पश्चिममा पर्छ ।

प्रतिक्रिया