ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–७ सोलाघरस्थित कालिका आधारभूत विद्यालयले आर्थिक सहयोग पाएको छ । नर्वेमा रहेका कुवेर तामाङले विद्यालयलाई २० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।
सोलाघर निवासी तामाङ हाल नर्वेमा बसोबास गर्दै आएका छन् । नेपाल फर्किएका बेला उनले विद्यालयलाई आवश्यक स्टेशनरी तथा अन्य सामग्री खरिद गर्न सहयोग गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताए अनुसार तामाङले आजीवन विद्यार्थी संख्या अनुसार वार्षिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । समाजसेवी तामाङले आवश्यक परेमा र विद्यालयको माग भएमा जुनसुकै बेला सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।

प्रतिक्रिया