आजदेखि एसईई मौका परीक्षा सुरु भएको छ । पहिलो दिन अंग्रेजी विषयमा १८९ विद्यार्थी सहभागी भएका छन् । परीक्षा सदरमुकामस्थित सगरमाथा जनता मावि र खिजीदेम्बाको चण्डेश्वरी मावि रगनीमा सञ्चालन गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाबाट कुल ३४४ विद्यार्थी मौका परीक्षामा सहभागी हुनेछन् । आजको परीक्षामा सगरमाथा माविबाट ११९ र चण्डेश्वरी माविबाट ७० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालाले परीक्षा केन्द्रको अनुगमन गरेका छन् । यसअघि जिल्लामा कुल दुई हजार ३५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये एक हजार ६५१ जना उर्तिण भएका थिए भने ३८४ जनाले नन ग्रेडेड अर्थात ‘एनजी’ ल्याएका थिए ।

प्रतिक्रिया