ओखलढुंगामा बाल यौन दुरुपयोग आरोपमा एक पुरुष पक्राउ

भिजन समाचार
294
Shares
सांकेतिक तस्वीर

ओखलढुंगामा १७ वर्षीया किशोरीलाई बाल यौन दुरुपयोग गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–८, च्यानम घर भई हाल सिद्धिचरण नगरपालिका–११, रमाइलोडाँडामा बसोबास गर्ने ३३ वर्षीय चन्द्र बहादुर विक रहेका छन् । पीडित किशोरीको परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले विकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार, पक्राउ परेका विकलाई बुधबार जिल्ला अदालतमा पेश गरी सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।