ओखलढुंगाको सुनकोशी गाउँपालिका–२ बलखुकाे सुनकोशी माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ । विद्यालयका १३४ जना विद्यार्थीलाई झोला वितरण गरिएको हो ।
विद्यालयका पूर्वविद्यार्थी गणेशबहादुर खड्काको सहयोगमा प्राप्त झोला बालकक्षा देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक तारा पहाडीले बताए । खड्काले ८२ हजार ५० रुपैयाँ बराबरका झोला विद्यार्थीलाई उपलब्ध गराएका थिए ।
विद्यार्थीको शैक्षिक विकासमा टेवा पुग्ने र पढाइमा हौसला बढाउने उद्देश्यले खड्काले झोला उपलब्ध गराएको बताईएको छ । सहयोगी खड्कालाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेका छन् ।
हाल उक्त विद्यालयमा बालकक्षा देखि कक्षा १२ सम्म पठन–पाठन हुँदै आएको छ ।

प्रतिक्रिया