ओखलढुंगामा ९.४ क्विन्टल चामल पानीले भिजेर सड्यो

भिजन समाचार
72
Shares
सडेकाे चामल नस्ट गरिदै ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय ओखलढुंगामा ९.४ क्विन्टल चामल पानीले भिजेर सडेको छ । कार्यालयले पानीले भिजेर सडेको ९.४ क्विन्टल चामल नष्ट गरेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि गोदाममा थन्किएर राखिएको सडेका चामल स्थानीय प्रशासन र सुरक्षाकर्मीको रोहवरमा नष्ट गरिएको हो ।

शाखा प्रमुख बीना घिमिरेका अनुसार सडेका चामलमध्ये २५ किलोको २३ बोरा र ३० किलोको ३ बोरा गरी जम्मा ६.६५ क्विन्टल सोना मन्सुली चामल तथा २५ किलोको ११ बोरा अर्थात २.७५ क्विन्टल स्टीम जिरा मसिनो चामल रहेका थिए ।

उनका अनुसार ढुवानीको क्रममा पानीले भिज्नुका साथै गोदाम व्यवस्थापन उपयुक्त नभएकाले चामलमा ढुसी लागेर सडेर खेर गएको थियो । चामल परीक्षण गर्दा नमुनाबाट दुर्गन्धसमेत आएको जनाइएको छ । करिब दश वर्ष अघि बिग्रिएको चामल कानुनी प्रक्रिया र प्रधान कार्यालयको निर्देशन नआएकाले नष्ट गर्न ढिलो भएको प्रमुख घिमिरेले बताईन् ।