खोटाङको हलेसीबाट दर्शन गरेर फर्किँदै गरेको गाडी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको बताइएकाे छ । सम्बन्धित निकाय बाट पुष्टि हुन बाँकी छ । १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार सिराहाको नरहा गाउँपालिका–५, ३ र २ नम्बर वडाका १७ जना श्रद्धालु हलेसी महादेवको दर्शन सकेर फर्किँदै गर्दा उनीहरू सवार प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित दौते खोला नजिक सडक देखी करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा नरहा गाउँपालिका–३ की ३६ वर्षीया ममतादेवी यादव गम्भीर घाइते भएकी छन् । उनकै मृत्यु भएको हुन सक्ने घटनास्थल पुगेको प्रहरीको अनुमान छ ।
घाईतेहरुको उद्दार गरि उदयुरको स्वास्थ्य संस्थामा पठाईको मध्ये थप उपचारका लागि १० जनालाई काठमाण्डौ पठाइएको खोटाङ प्रहरी सूचना अधिकारी सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए । प्रहरीका अनुसार गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया