उदयपुरको कटारीबाट ओखलढुंगाको केतुकेतर्फ आउँदै गरेको ट्रक सिद्धिचरण लोकमार्गमा दुर्घटनामा परेको छ । कटारी नगरपालिका–१४ घुर्मीबजार नजिकै दलदले खोलामा भे १ ख ३६६४ नम्बरको ट्रक दुर्घटना भएको हो ।
कटारी बाट ओखलढुंगाको केत्तुके बजार तर्फ उक्त ट्रकमा खाद्यान्न, कुखुराको दाना, चामल लगायतका सामाग्री ल्याइएको थियो । विपरीत दिशाबाट आएको सवारीलाई साईड दिनेक्रममा उक्त ट्रक सडकको छेउतिरको भागमा फसेको ट्राफिक प्रहरी पोष्ट घुर्मीका प्रमुख प्रहरी सहायक हबल्दार विष्णु कुमार कार्कीले बताए ।
करिब दुई घण्टा ट्रकलाई निकाल्ने कोशिस गर्दागर्दै टायर भासिएर सडक देखि २५० मिटर तल दलदले खोलामा झरको ट्राफिक प्रहरी कार्कीको भनाई छ । मानविय क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ । ट्रकमा रहेको लाखौं मुल्य बराबरको सामानमा क्षति पुगेको घुर्मी बाट कुमार धमलाले जानकारी दिए ।
ट्रक दुर्घटनाकाे भिडियाे https://www.facebook.com/share/v/1CEtMac2Mb/

प्रतिक्रिया