सडक अपडेट : सिद्धिचरण लोकमार्ग खुल्यो

भिजन समाचार
14
Shares
फाइल तस्वीर ।

सिद्धिचरण लोकमार्ग खुलेको छ । अपराह्न ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानास्थित सिद्धिचरण लोकमार्गको भडाँरे खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको थियो ।

सडक डिभिजन कार्यालय हर्कपुरको जेसिबी प्रयोग गरेर सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

अविरल वर्षापछि भाँडारे खोलामा आएको लेदो तथा खहहे सहितको बाढीले सडकको एक भाग भत्काउँदा करिब १० मिटर सडकमा क्षति पुगेपछी सडक अवरुद्ध बनेको थियो ।