बालबालिकामाथि बढ्दो यौन हिंसा, घट्दो संवाद

भिजन समाचार
202
Shares

ओखलढुंगामा विशेषगरी बालिकामाथि यौनजन्य हिंसाका घटना बढ्दै गएका छन् । तर पीडित र अभिभावकले समयमै संवाद गर्न नसक्दा समस्या अझ गहिरिँदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार पछिल्ला दुई आर्थिक वर्षमा ४७ जना बालिका यौन हिंसाको सिकार भएका छन् । प्रहरी निरीक्षक विजय कार्कीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै जबरजस्ती करणीका २० र बाल यौन दुरुपयोगका पाँच गरी २५ वटा घटना दर्ता भएका छन् । अघिल्लो वर्ष २०८०/८१ मा यस्ता घटना २२ वटा थिए ।

यौन हिंसा मात्र होइन, केही बालबालिका आपराधिक क्रियाकलापमा समेत मुछिएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा तीन जना बालबालिका चोरी र कर्तव्य ज्यान मुद्दामा संलग्न देखिएका छन् ।

ओखलढुंगा प्रहरीले विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि समस्या सामाजिक, सांस्कृतिक र कानुनी चेतनाको अभावसँग गाँसिएको हुँदा अझ फराकिलो हस्तक्षेप आवश्यक देखिन्छ ।