बिपी राजमार्गमा राती सवारी चलाउन रोक

भिजन समाचार
10
Shares

आजदेखी बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाईएको छ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि रातीको समयमा सवारी चलाउन काभ्रे प्रशासनले रोक लगाएको हो । सिन्धुली र काभ्रेको सिमाना नेपालथोकदेखि काभ्रेको काभ्रेभञ्ज्याङसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।

काभ्रे र सिन्धुली सहितका सुरक्षा निकाएका सुरक्षा समितिको बैठकले मनसुन सक्रिय रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै एक महिना अगाडिबाटै रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो ।