चिया उत्पादक सहकारीलाई  प्रशोधन उपकरण प्रदान

भिजन समाचार
26
Shares

चिया उत्पादक सहकारीलाई प्रशोधन उपकरण प्रदान गरिएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–२ को चिलिमडाँडा चिया उत्पादक सहकारी संस्थालाई चिया प्रशोधन उपकरण प्रदान गरिएको हो ।

खिजिदेम्बा गाँउपालिकाको ७५ प्रतिशत र सहकारीको २५ प्रतिशत लागत साझेदारीमा प्रशोधन उपकरण खरिद गरिएको वडाअध्यक्ष सुरेन्द्र शंकर घिमिरेले बताए । कुल तीन लाख ४३ हजार ५०० मा खरिद गरिएको उपकरण सहकारीलाई हस्तान्तरण गरिएको वडाअध्यक्ष घिमिरेले जानकारी दिए ।

स्थानिय स्तरमै चियाको प्रशोधन गर्न सकिने सहकारीका अध्यक्ष खड्गसिंह तामाङले बताए । गत वर्ष देखी सहकारीले चिया उत्पादन सुरु भएको छ ।