काठमाण्डौ । तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने जसले गर्दा भोटेकोशी र सुनकोशी नदीमा बाढी आइ जोखिम उत्पन्न हुनसक्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक सूचना जारी गरेर भोटेकोशी र सुनकोशी नदि आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
सिन्धुपाल्चोकका सहायक सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बतस्थित न्यालम क्षेत्रमा भइरहेको वर्षा आज राति थप बढ्न सक्ने चिनियाँ अधिकारीको सूचनाका आधारमा सम्भावित बाढीको जोखिम रहेको जानकारी दिएका छन् ।
सूचनामा भनिएको छ, “न्यालममा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी किनारका बासिन्दाहरू सतर्क रहनुहोस् ।”


प्रतिक्रिया