ओखलढुंगाका शिक्षक, विद्यार्थी र युवाहरुलाई एआईबारे अभिमुखीकरण

भिजन समाचार
144
Shares

ओखलढुंगामा तीन सय बढी युवा, शिक्षक र विद्यार्थीलाई एआईबारे अभिमुखीकरण गरिएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका १, २ साथै चिशंखुगढी गाउँपालिका-६ का शिक्षक, विद्यार्थी साथै युवाहरुलाई (कृतिम बुद्धिम्ता) एआई सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

स्वयंसेवी अभियान नेपाल (भिन) को आयोजनामा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अभिमुखीकरण गरिएको भिनका जिल्ला कार्यक्रम संयोजक लरेन्स लामाले जानकारी दिए ।

कार्यक्रममा सिद्धिचरण नगरपालिका वडा नं. १ र २ र  चिशंखुगढी गाउँपालिका–६ का शिक्षक, विद्यार्थी, युवा गरी ३१७ जना सहभागी भएका थिए । हिमालय माध्यमिक विद्यालय, महेश्वर माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय युवाहरुलाई एआई सम्बन्धी अभिमुखिकरण दिईएको थियो ।

युवा, विद्यार्थी र शिक्षकलाई एआईको महत्व र प्रभावबारे जागरूक गराउने  र जटिल कामलाई सरल र छिटो बनाउन प्रविधिको सदुपयोग मार्फत भविष्य उज्यालो बनाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको भिन नेपालले जनाएको छ ।

फ्रान्सका कम्प्युटर इन्जिनियरहरू फाविया विलिय र गुवान क्यालले एआई सम्बन्धी प्रशिक्षण दिएका थिए, भने प्रोक्षणी घिमिरेले अभिमुखिकरणको सहजीकरण गरेकी थिइन् ।