मोलुङमा एक पुरुष मृत फेला

भिजन समाचार
168
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिकामा एक पुरुष बन्दुक सहित मृत अवस्थामा फेला परेका छन् । मोलुङ गाउँपालिका–६ श्रीचौर स्थित जंगलमा स्थानीय ४२ वर्षीय कर्णबहादुर तामाङको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीका अनुसार मृतक तामाङको शव सँगै एक थान भरुवा बन्दुक समेत भेटिएको छ ।

घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको  प्रहरी निरीक्षक कार्कीले बताए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । 

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय वरुणेश्वरका प्रमुख प्रहरी निरीक्षक मनिष लुईटेलको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको कारण अहिलेसम्म खुल्न नसकेको र हत्या, आत्महत्या वा आकस्मिक दुर्घटना भन्नेबारे पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।