जिल्ला प्रशासन कार्यालयले ‘कलब्याक’ गर्ने

भिजन समाचार
184
Shares
जिल्ला प्रशासन कार्यालय ओखलढुंगा । तस्वीर: भिजन समाचार ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राहीलाई ‘कलब्याक’ गर्ने भएको छ । कार्यालयले सेवाग्राही र सरोकारवालाको जिज्ञासा, सेवा बारे जानकारी र गुनासो सम्बोधन गर्ने उद्देश्यले सेवाग्राहीको कल ब्याक गर्ने भएको हो ।

प्रमुख जिल्ला अधिकारी देखि कार्यालयका कर्मचारी र कार्यालयको फोन बैठक लगायतका कारणले उठाउन नभ्याइए पछि ‘कलब्याक’ गरेर बुझ्ने र समस्या, जिज्ञाशा समाधान गरिने सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकालले बताईन् ।

यसका साथै सेवाग्रहीले प्रत्यक्ष भेटेर, गुनासो पेटिका मार्फत, क्युआर कोड  र टेलिफोन नम्बरबाट पनि गुनासो वा जिज्ञासा गर्न सक्ने व्यवस्था मिलाइएको  सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिईन् ।