पोखरीमा डुबेर लिखुमा एक बालकको मृत्यु

भिजन समाचार
58
Shares

ओखलढुंगाको लिखुमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो जिल्लाको लिखु गाउँपालिका–२ सतलुङमा स्थित सिंचाई पोखरीमा डबेर ११ बर्षिय हिमाल बसेलको मृत्यु भएको हो ।

रामेछापको रामेछाप नगरपालिका–२ देउराली घर भएका हिमाल बिगत ७ बर्ष देखि मावली घर लिखु गाँउपालिका–२ सतलुङमा हजुरबुवा टेक बहादुर मिजारको घरमा बस्दै आएका थिए ।

मावलीघरबाट खेल्न बाहिर गएकोमा अबेरसम्म पनि घर नफर्किए पछि खोजतलास गर्दे जाने क्रममा हजुरबुबाले घर देखि अन्दाजी दुई सय मिटर पूर्व सिचाइको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबि मृत अवस्थामा राति फेला पारेका हुन् ।

घटनाको सूचना पाउनासाथ प्रहरी चौकी यसमबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखि घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर शनिबार प्रहरी निरीक्षक मनिष लुईटेलको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन् ।