‘स्लो ड्राइभ रेस’मा गाउँपालिका अध्यक्ष रुम्दाली उत्कृष्ट

भिजन समाचार
238
Shares

ओखलढुंगाको मानेभञ्ज्याङ्मा ट्राफिक सचेतनाका लागि आयोजित ‘स्लो बाईक ड्राइभ रेस’मा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली उत्कृष्ट भएका छन् । ट्राफिक सप्ताह २०८२ को अवसरमा आयोजित ‘स्लो बाईक ड्राइभ रेस’मा अध्यक्ष रुम्दाली उत्कृष्ट भएका छन् ।

रुम्दालीले पुरस्कार स्वरुप एक थान हेल्मेट प्राप्त गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश, विराटनगर तथा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, ट्राफिक प्रहरी तथा स्थानिय सर्वसाधारणको उपस्थिति रहेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार ट्राफिक सप्ताहअन्तर्गत जनचेतनामूलक कार्यक्रम, सवारी जाँच, सचेतना र प्रतियोगिताहरू क्रमशः जारी रहनेछन् ।