ओखलढुंगामा बस दुर्घटना, चार जना घाइते

भिजन समाचार
162
Shares

काठमाण्डौं देखि सोलुखुम्बु जाँदै गरेको बस ओखलढुंगामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो सिद्धिचरण नगरपालिका–८ जरङगे स्थित सिद्विचरण लोकमार्गमा बा.प्र.–०१–००६ ख ५५८१ नम्बरको बस दुर्घटना हुदा चार जना यात्रु घाईते भएका हुन् ।

दुर्घटनामा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ का ५० बर्षीया कुमारी माया बुढाथोकी, र सुनकोशी–१ बलखुका ४२ बर्षिय सहदेव गिरी र सहचालक द्वय मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २५ बर्षिय बिनोद अधिकारी र सिद्विचरण–८ लगलगेका २८ बर्षिय रोशन गिरी घाइते भएका छन् ।

घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी श्रोतका अनुसार दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको छ ।