ओखलढुंगाका सल्लेरीमा स्थित टासी क्ष्योलिङ गुम्बा निर्माणको लागि दुई लाख एक हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीमा रहेको गुम्बा निर्माणका लागि सिनपा–४ रुम्जाटारकी समाजसेवी कृष्ण कुमारी तामाङले सहयोग गरेकी हुन् ।
सोमबार एक कार्यक्रमका बिच समाजसेवी तामाङले सिद्धिचरण नगरपालिका–८ का वडा अध्यक्ष एकराज तामाङ, गुम्बाका सचिव एवम् प्रमुख लामा राजन तामाङ र स्थानीयको सहभागीतामा गुम्बालाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।
बौद्ध धर्मको संरक्षण, गुम्बाको भौतिक पूर्वधार विस्तार तथा धार्मिक आस्थाको जगेर्ना गर्ने उद्देश्यले सहयोग गरेको उनको भनाई छ ।
गुम्बा निर्माण जस्तो पुण्य कर्म, पवित्र स्थानमा सहयोग गर्ने व्यक्ति समाजका अगुवा र सच्चा धर्मसेवीबाट भएको यो सहयोग प्रेरणादायी रहेको वडा अध्यक्ष तामाङले बताए ।
गाँउमा गुम्बा निर्माणका लागि आफुले आवश्यक पहल समेत गरिरहेको वडा अध्यक्ष तामाङले बताए । गुम्बा निर्माणका लागि सहयोग गर्ने सहयोगी दाता कृष्ण कुमारी तामाङलाई प्रशंसापत्र सहित वडा र गुम्बाका पदाधिकारीले सम्मान समेत गरेका छन् ।

प्रतिक्रिया