ओखलढुंगा–सोलुखुम्बुको सीमा विवाद समाधानका लागि समिति गठन

भिजन समाचार
194
Shares

ओखलढुंगा र सोलुखुम्बुको सीमा विवाद समाधानका लागि समिति गठन गरिएको छ । ओखलढुंगा र सोलुखुम्बुको सीमा बुलबुले क्षेत्रको विवाद समाधानका लागि समिति गठन गरिएको हो ।

आज सोलुखुम्बुको सल्लेरीमा दुई जिल्लाका सुरक्षा समिति पदाधिकारीको बैठकले समिति मार्फत समस्या समाधान गर्ने पहल गरेका हुन् । ती दुई जिल्लाको सिमानामा पर्ने तोलु गुम्बा, बुलबुले, लाह्मुजे बौद्ध हुँदै छुटाँगा क्षेत्रको २०४३ सालदेखि नै सीमा विवाद रहेको छ ।

यी भूगोल कुन जिल्लाको हो भनी यकिन गर्न समिति गठन गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी वियराज सुवेदीले बताए । उक्त क्षेत्र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वा सोलखुम्बुको सोलुदुधकुण्ड नगरपालिमा पर्छ भन्ने विषयमा विवाद छ ।

बैठकले दुवै जिल्लाको मालपोत र नापी कार्यालयका कागजात अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल (पौडेल) संयोजक, सोलु र ओखढुंगाका मालपोत र नापी कार्यालयका प्रमुख सदस्य र जिल्ला प्रशासन सोलुका नायब सुब्बा सुमन कार्की सदस्य सचिव रहने गरि समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकरी दिए ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र ओखलढुंगाको सिद्धिचरण नगरपालिका विच सिमा विवाद हुँदा सिद्धिचरण नगरपालिकाले बनाउने भनेको स्वागत गेट अलपत्र परेको छ । विवाद पछि सिनपाले गेटको जग मात्र हालेर छोडेको छ । जन्तरखानी नजिकको धाप क्षेत्रमा पनि दुई जिल्ला विच सिमा विवाद छ ।