जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मदन केसीले सचेतना र गस्ती बढाएर जिल्लामा आपराधिक घटना र दुर्घटना न्यूनिकरण गर्ने बताएका छन् ।
जिल्लामा क्रियाशील पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा मंगलबार प्रहरी नायव उपरीक्षक केसीले जिल्लाका विद्यमान समस्या अनुसार सचेतनाका कार्यक्रम र ठाउँठाउँमा गस्ती बढाएर अपराध न्यूनिकरणमा जोड दिने बताएका हुन् ।
समग्रमा ओखलढुंगा शान्त जिल्ला भएको बताउँदै उनले समुदायमा हुने हत्या, हिंसा, बलात्कार, आत्महत्या, लागु औषध लगायतका घटना रोकथामका लागि जिल्लाभर प्रहरीलाई विशेष सर्कुलर जारी गरेर काम गर्ने उल्लेख गरे ।

कार्यक्रममा पत्रकारहरुले पछिल्लो समय जिल्लाका केही विद्यालय र सार्वजनिक स्थलमा विद्याथी तथा युवा लागुऔषधमा सेवन गर्ने गरेको र लागुऔषध दुव्यसनीप्मा फस्ने गरेकोले यसको न्यूनिकरण्मा गम्भीर भएर लाग्न सुझाव दिएका छन् ।
यस्तै सवारीमा क्षमता भन्दा बढी यात्रु राख्नाले दुर्घटनाको जोखिम बढेकोले नियमन गर्न, आत्महत्याको अवस्था विकराल रहेकोले त्यसको न्यूनिकरणका लागि पनि विशेष सचेतनाका कार्यक्रम राख्नुपर्नेमा जोड दिएका छन् ।

पत्रकार तथा सञ्चारकर्मीबाट आएका सुझावसँगै जिल्लामा सुशासन र अपराध–दुर्घटना लगायतका घटना न्यूनिकरणको लागि सरोकारवालासँगको समन्वयमा काम गर्ने जिल्ला प्रहरी प्रमुख केसीले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया