पाँच विदेशी परिवारको सहयोगले ककनीमा बन्यो विद्यालयको पक्की भवन

पाँच विदेशी परिवारको सहयोगले ककनीमा बन्यो विद्यालयको पक्की भवन


भिजन समाचार
4.8k
Shares

ओखलढुंगाको ककनीमा पाँच विदेश परिवारको आर्थिक सहयोगले सुविधासम्पन्न विद्यालय भवन बनेको छ । जिल्लाको सुनकोशी गाउँपालिका–९ ककनीमा नर्वेजियन नागरिकको सहयोगले चम्पादेवी आधारभूत विद्यालयको पाँच कोठे पक्की भवन बनेको हो ।

सोनाम गिर्मी फ्यामिली फाउन्डेशन अन्तर्गत पाँच नर्वेजियन परिवारबाट प्राप्त ६६ लाख सहयोगबाट चार वटा कक्षाकोठा र एक लाइब्रेरी सहितको पाँचकोठे पक्की भवन निर्माण भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जना सुनुवारले बताइन् ।

भवनको आइतबार सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङ, फाउन्डेशनका अध्यक्ष जाङ्बु छिरीङ शेर्पा र उपस्थित दाता चार नर्वेजियन परिवारद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको सुनुवारले जानकारी दिइन् ।

यस अघि भवन अभावले पठनपाठनमा असहजता हुने गरेकोमा अव भने सहज हुने उनको भनाई छ । फाउन्डेशन मार्फत दाताहरुले लाइब्रेरीका लागि आवश्यक सम्पुर्ण सामाग्रीसँगै विद्यालर्थीलाई शैक्षिक र खेलकुद सामाग्री पनि सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा ८ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा १५० विद्यार्थी रहेका छन् ।