सिद्धिचरणमा मेयरकप हुँदै, विजेताले २ लाख २२ हजार २२२ पाउने

सिद्धिचरणमा मेयरकप हुँदै, विजेताले २ लाख २२ हजार २२२ पाउने


भिजन समाचार
689
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले मेयरकप आयोजना गर्ने भएको छ । बैशाख ३० गतेदेखि जेष्ठ ३ गतेसम्म मेयरकप अन्तरगत खुला पुरुष फुटवल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

मेयरकप विजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैंया र द्धितिय हुनेले १ लाख ११ हजार १ सय ११ रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको सेमिफाईनलमा पुग्ने २ टिमले ४४ हजार ४ सय ४४ रुपैंया पाउनेछन् । उत्कृष्ट क्रमशः खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर र गोल स्कोररले जनही ५ हजार पाउने छन् ।

नगरपालिकाले बैशाख २८ गतेसम्म टिम दर्ता गर्न खेलाडीलाई आवहन गरेको छ ।

हेर्नुहोस् सूचना