बाली विमा बारे अगुवा कृषकलाई जानकारी

बाली विमा बारे अगुवा कृषकलाई जानकारी


भिजन समाचार
424
Shares

कृषि ज्ञान केन्द्र ओखलढुंगाले कृषकहरुलाई कृषि बाली बिमा सम्बन्धि जानकारी दिएको छ । केन्द्रको आयोजनामा जिल्लाका अगुवा तथा व्यावसायिक कृषकलाई बाली बिमाबारे जानकारी गराइएको हो ।

कृषक, कृषि बिमासँग सम्बन्धित संघ संस्थाका प्रमुख, स्थानीय तहका कृषि शाखा प्रमुख जनप्रतिनिधि लगायको सहभागीतामा बिमाबारे छलफल समेत गरिएको केन्द्रका निमित्त प्रमुख टिका बानियाले बताए ।

कृषिबालीमा लाग्ने रोग, किरा र प्राकृतिक प्रकोपको चपेटामा परेर कृषकले लगानी गुमाउनु नपरोस भनेर बिमाको अवधारणा ल्याइएको उनको भनाई छ । जिल्लामा हालसम्म कृषि बिमा गर्ने किसान नरहेकोले सचेत गराएर बिमामा समेट्ने उद्धेश्यले अभिमुखीकरण गरिएको बानियाले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्राईले कृषकहरुलाई प्रोत्साहन, सहजिकरण र सहयोगका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कृषि बिमाबारे पनि गाउँगाउँमा पुगेर सचेतना जगाउन आवश्यक रहेको उनको भनाई थियो । 

कार्यक्रममा कृषकहरुले बिमाका प्रावधान, बिमा गर्दा लाग्ने शुल्क, प्रक्रिया र फाइदाको बिषयमा जिज्ञासा राखेका थिए । कृषकहरुको जिज्ञासामा प्रस्तुतीकरण सहित केन्द्रका निमित्त प्रमुख बानियाले जानकारी गराएका थिए ।

उत्पादन लागत र उत्पादनको आधारमा कृषकहरुले बाली बिमा गर्न चाहेमा सात प्रतिशत शुल्क तिर्नुपर्ने र बाँकी सरकारले तिर्ने व्यवस्था रहेको समेत केन्द्रले जनाएको छ ।