महिलाहरुको क्षमता विकासमा जोड दिदै चिशंखुगढी गाउँपालिका

महिलाहरुको क्षमता विकासमा जोड दिदै चिशंखुगढी गाउँपालिका


भिजन समाचार
424
Shares

ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले महिलाहरुको क्षमता विकासमा जोड दिएको छ । महिलाहरुलाई कानून र हक अधिकारको बिषयमा सशक्त बनाउदै छ ।

गाउँपालिकाको न्यायिक समितिले पालिकाको आठ वटै वडामा पुगेर कानुन व्यवसायीद्वारा प्रशिक्षण दिइरहेको छ । गत बर्ष सञ्चालन भएका ४ वटा वडा बाहेक चालु आर्थिक बर्ष वडामा वडा नं.१, २, ३ र ६ मा कार्यक्रम भइरहेको गाउँपालिका उपाध्यक्ष सन्तोषबाबु थापाले जानकारी दिए ।

वडाका आमा समूह सञ्जालका पदाधिकारी तथा सदस्य र समुदाय अगुवाका महिलाहरुलाई महिला अधिकार, लैगिंक तथा घरेलु हिंसा र लेनदेन सम्बन्धि कानुनका बिषयमा जानकारी गराइएको उपाध्यक्ष थापाले बताए ।

महिलालाई कानुनी रुपमा सचेत गराएर उनीहरुको हक अधिकार सुनिश्चित गर्न तथा समुदायमा अपराध न्यूनिकरण गर्न सहयोग पुगोस भन्ने उद्देश्यले सचेतनाको कार्यक्रम सञ्चालन गरिएको बताईएको छ ।