सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाले ७४ प्रतिशत भौतिक कार्य प्रगति गरेको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा काम गरिरहेको कार्यालयले चालु आर्थिक वर्षको हाल सम्म ७४ प्रतिशत प्रगति गरेको हो ।
कार्यालयको तथ्यांक अनुसार नयाँ सडक खोल्ने लक्ष्य २५० मिटर रहेकोमा हालसम्म १५० मिटर मिटर नयाँ सडक विस्तार भएको छ । यस्तै चार किलो मिटर ग्राभेल गर्ने लक्ष्य राखिएकोमा हालसम्म उक्त काम सुरु हुन बाँकी रहेको कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी दिपक दासले जानकारी दिए ।
कार्यालयले एउटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । अर्को पुल निर्माणाधिन अवस्थामा रहेको छ ।
सडक बोर्ड नेपालबाट विनियोजित तीन करोड ४० लाख रुपैयाँको बजेटले जिल्लाका काम भइरहेको छ । कार्यालय मार्फत अहिले जिल्लाका विभिन्न आठ वटा स्थानीय सडकको स्तरोन्नती समेत भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया