ओखलढुंगामा चट्याङले १२ जनाको मृत्यु, २४ घाईते

ओखलढुंगामा चट्याङले १२ जनाको मृत्यु, २४ घाईते



६ वर्षको अवधिमा ओखलढुंगामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्याङ्क अनुसार चट्याङले १२ जनाको ज्यान गएको हो ।

आर्थिक बर्ष २०७६/०७७ देखि २०८१/०८२ सम्मको तथ्याङ्क अनुसार चट्याङ लागेर १२ जना मृत्यु र २४ जना घाइते भएका छन् । लाखौँको क्षति भएको तथ्याङ्क छ ।

पछिल्लो दुई बर्षमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । १० जनामा घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जनाकारी दिए ।

चालु आवको साउन देखि चैत्र मसान्तसम्म चट्याङका कारण तीन जना मानिस घाइते भएका छन् । १० वटा चौपायाको मृत्यु र विभिन्न विद्युतिय उपकरणमा समेत क्षति भएको छ ।

गत आव २०८०/०८१ मा छ स्थानमा चट्याङ पर्दा दुई जनाको मृत्यु र सात जना घाईते भएका थिए ।

यस्तै तीन घर प्रभावित भएका थिए भने पाँच वटा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख रहेको छ ।

अन्य विपदमा जस्तो चट्याङबाट हुने क्षति न्यूनिरकणका लागि जिल्लाका स्थानीय तह र सरोकारवाला निकायको ध्यान कमै जाने गरेको पाईन्छ । चट्याङ् बाट बच्ने उपाय बारे नागरिकमा आवश्यक ज्ञान नहुनुका साथै सरोकारवाला निकायको ध्यान नपुग्दा क्षतिको दर वर्षेनी बढि रहेको छ ।