ओखलढुंगामा आठ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

भिजन समाचार
28
Shares

ओखलढुंगामा आठ हजार बढी बालकालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय अभियान अन्तर्गत जिल्ला भर उक्त संख्याका बालकालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईने छ ।

अभियानमा ६ देखि ५९ महिनासम्मका आठ हजार ७९९ बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष उमेर समूहका सात हजार ७२२ जना बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका सूचना अधिकारी विवेक पोखरेलले जानकारी दिए ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ । सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्ने गरेको छ ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।