ओखलढुंगाकाे थाेलेदेम्बामा गल्फ महाेत्सव सुरु

ओखलढुंगाकाे थाेलेदेम्बामा गल्फ महाेत्सव सुरु


भिजन समाचार
1.1k
Shares

ओखलढुंगाकाे थाेलेदेम्बामा गल्फ महाेत्सव सुरु भएकाे छ । जिल्लाकै सबैभन्दा (३३५०) मिटर अग्लाे थाेलेदेम्बा डाँडामा महाेत्सव सुरु भएकाे हाे ।

महाेत्सवकाे राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघिय सांसद रामहरि खतिवडाले उद्घाटन गरेका छन् । महाेत्सवमा विभिन्न छ देशका गल्फ खेलाडी सहभागी भएका छन् ।

खेलकुद मार्फत पर्यटन प्रवर्द्धनका लागि महाेत्सव आयाेजना गरिएकाे खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताए । गाउँपालिकाले आयाेजना गरेकाे महाेत्सव भाेली सम्म सञ्चालन हुने अध्यक्ष शेर्पाले जानकारी दिए ।

आजको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य यज्ञराज सुनुवार, काेशी प्रदेश सदस्यद्वय प्रदिपकुमार सुनुवार, बाबुराम गाैतम, चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा लगायत अतिथीहरु उपस्थित भएका थिए ।