ओखलढुंगामा दुर्घटना न्युनिकरण र सौन्दर्य वृद्धिका लागि सडक छेउमा रेलिङ

ओखलढुंगामा दुर्घटना न्युनिकरण र सौन्दर्य वृद्धिका लागि सडक छेउमा रेलिङ


भिजन समाचार
4.9k
Shares

ओखलढुंगा सदरमुकाम बजार क्षेत्रका सडक छेउमा रेलिङ लगाईएको छ । यसले दुर्घटना न्युनिकरण र सौन्दर्य वृद्धि गर्ने काम गरेको छ । सिद्धिचरण नगरपालिकाको वडा नं.१२ हटिया क्षेत्र र वडा नं. ११ को हुलाकडाँडा, रामबजार क्षेत्रका सडक छेउमा फलामको रेलिङ लगाईएको हाे ।

सिद्धिचरण नगरपालिका– १२  नम्बर वडा कार्यालयले चालु आर्थिक बर्ष २०८१/०८२ मा विनियोजित तीन लाख बजेटले हटिया क्षेत्र र भैरव टोलका सडक छेउमा फलामे रेलिङ राखिएको वडा अध्यक्ष उमंग श्रेष्ठले बताए ।

त्यस्तै सिद्धिचरण– ११ नम्बर वडा कार्यालयले आव २०८०/०८१ र चालु आवमा विनियोजित पाँच लाख बजेटले हुलाकडाँडा, रामबजार क्षेत्र र जाल्पा मन्दिर लगायतका सडक छेउमा रेलिङ राखिएको वडा अध्यक्ष विनोद कुमार ताम्राकारले बताए ।

दुर्घटनाको जोखिम न्युनिकरण र बजार क्षेत्रको सुन्दरता बढाउने उद्देश्यले रेलिङ राखिएको उनिहरुको भनाई छ । रेलिङ सँगै ठाउँ ठाउँमा फलमको आराम बेन्च पनि बनाईएको छ । यसले पैदल यात्रीलाई बिचमा आराम गर्न सहज हुने बताईएको छ । 

आर्कषक रेलिङ सहित ठाउँ ठाउँमा ‘मेरो प्यारो ओखलढुंगा’ लेखिएको ग्रील समेत राखिएको छ । पर्यटन प्रवद्र्धन र आकर्षणमा यस्तो संरचनाले सहयोग पुग्ने सिद्धिचरण नगरपालिकाले जनाएको छ ।