बैशाख १ गते देम्बाडाँडामा हुने गल्फ महोत्सवको तयारी तिब्र

बैशाख १ गते देम्बाडाँडामा हुने गल्फ महोत्सवको तयारी तिब्र


भिजन समाचार
689
Shares

ओखलढुंगाकै सबै भन्दा अग्लो देम्बाडाँडामा हुने गल्फ महोत्सवको तिब्र तयारी भईरहेको छ । ग्रामिण पर्यटन प्रवद्र्धनका लागि ओखलढुंगाको थोलेदेम्बा डाँडामा बैशाख १ र २ गते गल्फ महोत्सव हुँदैछ । 

नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गर्न लागिएको हो ।

उक्त महोत्सवका लागि तिब्र तयारी भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष शेर्पाले बताए ।

नेपाल सरकारले सूचिकृत गरेको यस गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन विकाससँग जोडेर गाउँपलिकाले महोत्सव आयोजना गर्न लागेको खिजीदेम्बा गाउँपालिका अध्यक्ष  शेर्पाले बताएका छन् ।

अध्यक्ष शेर्पाका अनुसार महोत्सवको अवसरमा आयोजना हुने गल्फ प्रतियोगितामा अमेरिका, बेलायत, क्यानाडा, कोरिया र भुटान लगायतका ६ देशका र नेपालका पनि विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् ।