ओखलढुंगाको लिखुमा चट्याङले पाँच जना घाईते

ओखलढुंगाको लिखुमा चट्याङले पाँच जना घाईते


भिजन समाचार
1.6k
Shares

ओखलढुंगाको लिखु गाउँपालिकामा चट्याङ लागेर पाँच जना घाईते भएका छन् । लिखु गाउँपालिका–५ मझुवाका हर्कबहादुर श्रेष्ठ, केशरी सुनुवार, कृष्णमाया सुनुवार विष्णुमाया सुनुवार र भोजबहादुर सुनुवार चट्याङ लागेर घाईते भएका हुन् ।

उनीहरुको टाउको हातखुट्टा, घाँटी, ढाँड र कम्मरमा सामान्य चोट लागेको स्थानिय शिव सुनुवारले सामाजिक सञ्चाल मार्फत जानकारी गराएका छन् । यसका साथै चट्याङले सोही गाउँका ५० घरधुरीको विधुतको मिटर बक्स र वायरिङमा क्षति गरेको छ । क्षतिको एकिन विवरण आउन बाँकी छ । लिखुमा विधुत सेवा अवरुद्ध भएको छ ।