केउरेनीमा विद्युत सर्ट भएर घरमा आगलागी, सात लाखको क्षति

केउरेनीमा विद्युत सर्ट भएर घरमा आगलागी, सात लाखको क्षति


भिजन समाचार
2.1k
Shares

ओखलढुंगाको केउरेनीमा विद्युत सर्ट भएर घरमा आगलागी भएको छ । मोलुङ गाउँपालिका–५ को केउरेनीका तेज बहादुर मग्रातीको घर आगलागीमा परेको हो ।

घरमा भएको ४१ हजार नगद, दुई तोला सुन, लगायत घरमा भएको सबै समान जलेर नष्ट हुँदा करिब सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचान अधिकारी प्रहरी निरिक्षक विजय कार्कीले बताए । मंगलबार राती ११ः ४५ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीका कारण भौतिक र आर्थिक क्षति भए पनि मानविय र पशुचौपायमा क्षति नभएको प्रहरी निरीक्षक कार्कीले बताए । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । विधुत सर्ट भएर घरमा आगलागी हुने संख्या बढेका छन् ।