ओखलढुंगा । ज्यामिरेको चन्चलादेवी आधारभूत विद्यालयलाई कम्प्युटर, साउण्ड सिस्टम र कुर्सी प्राप्त भएको छ । समाजसेवी राजिव कटवाल, शुसिला केसी र जितेन्द्र बानियाँले सिद्धिचरण नगरपालिका-९ को उक्त विद्यालयलाई कम्प्युटर, साउण्ड सिस्टम र कुर्सी प्रदान गरेका हुन् ।
युवा समाजसेवी इन्जिनियर कटवालले दुई थान कम्प्युटर, शुसिला केसी मार्फत एक थान साउन्ड सिस्टम र जितेन्द्र बानियाँले पाँच थान कुर्सी विद्यालयलाई प्रदान गरेको वडा अध्यक्ष गुणराज खड्काले बताए ।
विद्यालयको लागि आवश्यक सामाग्री सहयोग गर्ने दाताहरुलाई व्यवस्थापन समितिका पदाधिकारी र वडा अध्यक्षले सम्मानपत्र मार्फत सम्मान गरेका छन् ।
प्रतिक्रिया